
कैलालीबाट नेकपा एमालेका सांसद झपट रावलले प्रतिपक्षका सांसदले जनताको माग लिएर मन्त्रालयमा राखेका लेटरप्याड च्यातिएको भन्दै मन्त्रीहरूको हात र मुख च्यात्ने चेतावनी दिएका छन्।

रासायनिक मलको बारेमा छलफल गर्न एमाले प्रमुख सचेतक विशाल भट्टराईले राखेको स्थगन प्रस्तावमाथिको छलफलमा रावलले मन्त्रीहरूलाई चेतावनी दिएका हुन्।
‘यो सरकार जनता र किसानको पक्षमा केही काम गर्दैन, कहाँबाट कमिसन आउँछ भन्ने बाहेक केही देख्दैन । यो गठबन्धनका मान्छे यस्ता छन् मैले भर्खर सुनेँ– प्रतिपक्षका सांसदले जनताको माग लिएर मन्त्रालयमा जाँदा प्रतिपक्षको हो भनेर च्यातेका छन्,’ रावलले भने, ‘मैले अर्को दिन भण्डाफोर गर्ने वाचा गर्छु। अराजक मन्त्रीलाई जनताको तर्फबाट चुनौती दिन्छु– जनताले हात मुख च्यात्नु नपरोस्।’

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39