दार्चुला छाङरुको १ नम्बर पिल्लर पुगेर फर्कियो शसस्त्रको फौज
2020/06/23, 10:21
 
sima

सरकारले दार्चुलाको छाङरुमा राखेको बोडर आउट पोष्ट (बीओपी) को टोली नेपाल–भारत चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भ म्म पुगेको हो ।

बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेर सडक बनाएपछि जनस्तरबाट तीव्र विरोध भएको थियो । सरकारले छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको थियो ।

त्यसयता पहिलो पटक १ नम्बर पिल्लरसम्म फौज पुगेको सशस्त्र प्रहरीका अधिकृतहरुले जनाएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि बुधबार यस क्षेत्रको भ्रमण गरिसकेका छन् ।