
कोरोना परीक्षणमा ढिलासुस्ती भएपछि बाजुराको बुढीगंगा नगरपालिका नगर प्रमुख दिपक विक्रम शाह भने स्वाब बोकेर जुम्ला पुगेका छन । सुदूरपश्चिम प्रदेशमा धनगढीमा मात्र एक प्रयोगशाला रहेको र रिपोर्ट आउन दुई हप्ताभन्दा बढी समय लाग्ने भएकाले नगर प्रमुख शाह, स्वास्थ्य संयोजक दिपक शाह सहितको टोली जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठान स्वाब लिएर गएको हो ।

आरडिटी पोजेटिभ आएका नगरपालिकाका तीन सय ३८ जनाको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला पुगेकोे नगर प्रमुख शाहले वताए । बाजुरामा एक हजार भन्दा बढीको आरडिटी पोजेटिभ आएको छ । अधिकांशको स्वाब संकलन गरेको भएपनि रिपोर्ट भने आउन नसकेको नगरपालिकाले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/12, 8:29
2020/11/27, 10:33
2021/02/28, 4:33
2021/09/29, 7:00
2022/08/21, 1:59