सुदूर पश्चिम समाज अमेरिकाद्धारा पीसीआर मेसिनका लागि ३ लाख ९ हजार सहयोग
2020/06/23, 12:12
 
korona

सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ३ लाख ९ हजार ५ सय ८२ रुपैया सहयोग गरेको छ । सुदूर पश्चिम समाज अमेरिकाका उपाध्यक्ष दिपेन्द्र जोशीको अगुवाईमा टेक्सासमा संकलन गरिएको २ हजार ६ सय २३ डलर ( ३ लाख ९ हजार ५ सय ८२ रुपैया) डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेको हो ।

ह्युमानिटी फाउण्डेसन नेपाल र अमेरिकाको अगुवाईमा शुरु भएको डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अमेरिकाका बिभिन्न राज्य र विश्वका बिभिन्न मुलुकमा रहेका सुदूर पश्चिमेली अगुवा र सुदूर पश्चिम समाजले सहयोग संकलन गरिरहेका छन् । जोशीको अगुवाईमा टेक्सामा थालिएको अभियानमा सुदूर पश्चिमेली मात्र नभएर आमनेपालीले सहयोग गरेका छन् । 

कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिमको पहाडी जिल्लाहरुमा कोरोना परीक्षणका पीसीआर मेसिन अत्यन्त आवश्यक देखिएकोले सो का लागि आफूहरुले सक्दो सहयोग गरेको जोशीले बताए । उनले आफैले ५०१ डलर दिएर यो अभियानको शुरुवात गरेका थिए । अभियानमा सहयोग गर्नेहरुको नामावाली यस प्रकार रहेको छ ।

सहयोग गर्नेहरुको नामावली

दिपेन्द्र जोशी ५०१ डलर

केदार श्रेष्ठ ३०१ डलर

कविन घिमिरे १५१ डलर

महेश भट्ट १०५ डलर

सतिष ओझा १०१ डलर

पदम बडुवाल १०१ डलर

रविन्द्र ऐेर १०१ डलर

खेम पनेरु १०१ डलर

श्रद्धा स्वाँर १०० डलर

कुमार गुरुङ ५६ डलर

रामचन्द्र भट्ट ५१ डलर

कमल खड्का ५१ डलर

प्रकाश नेपाल ५१ डलर

बिनोद उर्मिला श्रेष्ठ ५१ डलर

लक्ष्मण कुँवर ५१ डलर

पुरुषोत्तम मिश्र ५१ डलर

संजिव जोशी ५१ डलर

शंकर थापा ५० डलर

सुनिलराज ओझा ५० डलर

बद्रि थापा ५० डलर

लाल ऐर ५० डलर

राजु त्रिपाठी ३१ डलर

किसन सापकोटा ३१ डलर

बिमला दाहाल ३१ डलर

राजिव साँउद ३१ डलर

कमल जोेशी ३० डलर

बिनिता थापा २६ डलर

दीप नारायण श्रेष्ठ २५ डलर

रामकृष्ण सापकोटा २१ डलर

पूर्ण कार्की २१ डलर

रोवर्ट २० डलर

अर्जुन खत्री २० डलर

अनामिका शाह २० डलर

उमेश शाह २० डलर

अर्जुन खत्री २० डलर

गुञ्जन भण्डारी १० डलर