
बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

नगरपालिकाका ११ ओटै वडाका २३ महिनामुनिका बालबालिकाहरूले सबै खोप प्राप्त गरिसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंहले बताए। सरकारको नियमित कार्यक्रमअन्तर्गत नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
नगरपालिका भित्रका जन्मेदेखि १५ महिना भित्रका ३०९ र १५ महिनादेखि २३ महिनाभित्रका ३१६ जना बालबालिकाले खोप पाएका छन्। यस वर्ष जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित गर्ने जिल्लाको पहिलो पालिका बनेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24