कैलाली, कञ्चनपुरमा रोपाइँको रमाइलो (फोटो फिचर)
2022/06/24, 12:21
 
ss

सुदूरपश्चिम प्रदेशको लागि अन्न भण्डार मानिने तराईमा किसानले रोपाइँ सुरु गरेका छन् । रोपाइँका लागि पर्याप्त हुने पानी नपर्दा पनि कैलाली, कञ्चनपुरका किसानले रोपाइँ सुरु गरेका हुन । यो प्रदेशमा अझै मनसुन आइपुगेको छैन । तर, ब्याड तयार भएपछि किसानले रोपाइँ गर्न थालेका छन् । 

May be an image of 5 people, people standing, tree and grass
कैलालीको पूर्वी क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट केही खेती सिञ्चित हुने गरेको छ । तर, जिल्लाको अत्यधिक ठाउँमा सिँचाइ सुविधा छैन । त्यस्ता ठाउँका किसान बोरिङ वा आकाशे पानीको भरमा खेतीपातीको काम गर्दै आएका छन् । 

May be an image of 8 people, body of water and grassMay be an image of 4 people and outdoors

May be an image of 4 people, people standing and outdoorsMay be an image of 5 people and outdoorsकैलालीको जानकी गाउँपालिकामा रोपाइँ गरिदैं । तस्बिरहरु: भोजराज भाट

सुदूरपश्चिमको पहाडी जिल्लामा भएको उत्पादनले त्यस क्षेत्रमा वर्षभरि खान पुग्दैन । ती जिल्लाहरुमा तराईबाट खाद्यान्न आयात गरिदैं आएको छ । त्यसैले पनि प्रदेश दुई जिल्ला कैलाली, कञ्चनपुरले खाद्य भण्डारको रुपमा लिइने गरिएको छ । 

यहाँको उत्पादनले प्रदेशकै पेट भर्ने कार्य हुने गरे पनि खेतीपातीको बेला जहिल्यै मल अभाव समस्या झेल्नु परिरहेको किसानको गुनासो छ । कतिपय किसानले ब्याड तयार भइसके पनि मलबिना रोपाइँ सुरु गर्न सकेका छैनन् । उनीहरु अझै पनि मलकै पर्खाइमा रहेका छन् ।  प्रादेशिक कृषि निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर दुवै जिल्लामा गरेर कुल एक लाख १८ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुने गरेको छ । 

May be an image of 3 people and outdoorsMay be an image of 3 people, tree and outdoors

May be an image of 3 people and body of water

May be an image of 7 people, people standing and outdoors

कैलालीको भर्री गाउँमा रोपाइँ सकेपछि हिलो खेलेर रमाइलो गर्दै । तस्बिर: छोटेलाल चौधरी