
कञ्चनपुरको बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति कञ्चनपुरकी उपप्रमुख रामकुमारी रानाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकी हुन्।

राष्ट्रिय खोप तालिका अनुसार नगर क्षेत्र भित्रका २ वर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ। जन्मेदेखि २ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध १२ प्रकारका खोप दिने गरिएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरका अनुसार अब छिट्टै कञ्चनपुर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी भइरहेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/05, 9:43
2021/11/11, 1:17
2022/10/24, 6:36