
बैतडीमा उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएका दुई जनाले भत्ताको दोब्बर रकम फिर्ता गरेका छन्। उनीहरुले अहिलेसम्म पाएको भत्ताको दोब्बर रकम फिर्ता गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

जिल्लाको डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकाका एक एक जनाले भत्ता फिर्ता गरेका हुन्। राष्ट्रिय परिचय पत्र विवरण संकलनका क्रममा तथा जिल्ला प्रशासन कार्यालयमा आएको गुनासोको आधारमा अनुसन्धान गर्दा १६ जनाले नागरिकतामा जन्म मिति बढाएर भत्ता लिइरहेको फेला परेको थियो।
अन्य १४ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको र उनीहरुबाट पनि अहिलेसम्म लिएको सामाजिक सुरक्षा भत्ताको दोब्बर रकम असुल गरिने बताइएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56