
बैतडीको सिगास गाउँपालिकाको वडानम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ। बिहीबार करिब ५ बजेको समयमा कार्यालयमा तालाबन्दी गरिएको हो। भर्खरै वडा कार्यालयमा ४र५ जना महिलाहरु आएर तालाबन्दी गरेर फर्किएको आफूलाई सूचना आएको त्यहाँका वडा अध्यक्ष रामचन्द्र ऐरीले जानकारी दिए।

उनका अनुसार सोही ठाउँका स्थानीय महिलाहरुले तालाबन्दी गरेका हुन्। तर, वडाध्यक्ष ऐरीले उनीहरुको नाम भने खुलाउन चाहेनन्। कोभिड प्रभावितले वडा कार्यालयबाट पाउनुपर्ने रकम नपाएको भन्दै तालाबन्दी गरिएको महिलाहरुको बताएका छन्।
तर, यता वडाध्यक्षले भने सो वडाका ६० जनालाई मात्र गाउँपालिकाले रकम वितरण गर्न भनेकोले उनीहरुले नपाएको बताए। अति विपन्न परिवारका ६० जनालाई १० हजारका दरले रकम दिइएको वडा अध्यक्ष ऐरीको भनाइ छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56