कञ्चनपुरमा हावाहुरीले घरका छाना उडायो 
2022/07/15, 10:56
 
dd

कञ्चनपुरमा बिहीबार आएको वर्षासँगैको हावाहुरीले केही स्थानीयका घरका छाना उडाएको छ। जिल्लाको लालझाडी गाउँपालिका-२ कुसुवाका गणेश राना र नारायण रानाको घरको छाना उडेको प्रहरीले बताएको छ।

गणेशको दुईतले कच्ची घरमा लगाइएको टिनको छाना हुरीले उडाउँदा ५० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

त्यस्तै, सोही ठाउँका नारायणको एक कोठे घरमा लगाइएको टिनको छाना हावाले उडाउँदा १० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ।