कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको संख्या १३३४ पुग्यो
2020/06/24, 1:30

कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा कैलालीका ५७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । योसँगै सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या १३३४ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका चार सय ६०, डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौँ, अछामका ८८, बाजुराका ९३, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७५ जना निको भएर घर फर्किसकेका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26