डोटीको केआईसिंहले अन्य पालिकालाई बाड्यो १७ लाख बढी बजेट 
2022/07/30, 6:15
 
dd

डोटीको केआईसिंह गाउँपालिकाले १७ लाख २५ हजार बजेट अन्य पालिकाका लागि विनियोजन गरेको खुलेको छ। आर्थिक वर्ष २०७८र०७९ मा गाउँपालिकाले डोटीका अन्य पालिकामा कार्यान्वयन हुने विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।

गाउँपालिकाले दिपायल शिलगढी नगरपालिकामा रहेको नेपाल पत्रकार महासंघ डोटी शाखालाई फर्निचर खरिद गर्न १ लाख बजेट दिएको थियो भने प्रेस युनियन भवन निर्माणका लागि २ लाख बजेट छुट्याएको पाइएको छ। गत आर्थिक वर्षको बजेटबाट केआईसिंह गाउँपालिकाले डोटी उद्योग वाणिज्य संघलाई २ लाख बजेट दिएको थियो।  यस्तै सिद्धराज स्मृति भवन निर्माणक  लागि २ लाख दिएको थियो।

शिखर नगरपालिकमा रहेको केदारेश्वर माद्यामिक विद्यालय भवन निर्माण गर्न ३ लाख बजेट विनियोजन गरेको पालिकाले दिपायमा रहेको दिल्पेश्वर मठ व्यवस्थापन गर्न ३ लाख विनियोजन गरेको खुलेको छ। दिपायलमा  रहेको ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय ध्यान केन्द्र निर्माण गर्न १ लाख दिएको गाउँपालिकाले धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगका लागि ७५ हजार, दिपायलको देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिलाई १ लाख र नेपाल यातायात मजदुर संघलाई कार्यालय व्यवस्थापन शिर्षकमा ५० हजार बजेट दिएको थियो।

गाउँपलिकाले द्वारिका देवी ट्रष्ट निर्माणका लागि १ लाख बजेट दिएको पालिकाको वार्षिक कार्यक्रम पुस्तिका रातो कितावमा उल्लेख गरेको छ। गत असार ३१ गते सार्वजनिक सुनुवाइ गरेको र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले जबाफ दिनुको सट्टा प्रश्नको प्रतिवाद गरेको एक स्थानीयले दिनेशखबरलाई बताए।