
डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का उत्तम बिष्ट र समशेर बिष्ट प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका हुन्। उनीहरुले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि आक्रमण गरेका थिए।

प्रहरीका अनुसार उनीहरु डडेल्धुरा अस्पतालमा मादक पदार्थ सेवन गरेर बिरामीको कुरुवा आएका थिए। अस्पतालमा होहल्ला गर्न थालेपछि प्रहरी टोली अस्पतालतर्फ गएको थियो। त्यसपछि उनीहरुले प्रहरीमाथि नै हातपात गरेका थिए। पक्राउ परेका दुबै जनामाथि अभद्र व्यवहारमा मुद्धा चल्ने प्रहरीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08