
सुदूरपश्चिममा कोरोनाको ग्राफ निरन्तर बढ्दै गएको छ। भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका हुन्। आज आइतबार मात्रै प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ५०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै सेती प्रादेशिक अस्पतालमा ४२ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10