डडेल्धुरा प्रशासन कार्यालय सुदूरपश्चिममै उत्कृष्ट
2022/08/05, 2:04
 
aa

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशभरीमै पाँचौ बनेको छ। विभिन्न ६८ वटा परिसूचकमा डडेल्धुरा ९५ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिमका ९ जिल्लामध्ये पहिलो र देशरभरीमा पाँचौ सर्वोत्कृष्ट बन्न सफल भएको हो।

मन्त्रालयकाको मूल्यांकनमा बैतडी, दार्चुला र अछामले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्दा कैलाली, कञ्चनपुर, डोटी, बझाङ र बाजुराले ८० देखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन्। ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरमा सवोत्कृष्ट भएको छ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसूचकका आधारमा गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।