सुदूरपश्चिममा थप ९४ जनामा कोरोना पुष्टि 
2022/08/10, 6:32
 
dd

सुदूरपश्चिममा थप ९४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। बुधबार १ हजार ५४ जनाको ऐन्टिजेन र ५३ नमुना पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ऐन्टिजेन विधिबाट ७१ र  पीसीआर विधिबाट २३ जनामा संक्रमण फेला परेको छ। हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।