कैलालीमा झण्डै तीन लाखसहित ४ जना जुवाडे पक्राउ, भाग्न खोज्दा दुई घाइते
2022/08/13, 1:27

कैलालीमा दुई लाख ९० हजार रूपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलमा स्थित सन फ्लावर गेस्ट हाउसबाट उक्त रकमसहित जुवाडेलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ४५ वर्षीय सन्देश केसी, गोदावरी नगरपालिका-४ बस्ने ३५ वर्षीय टेक बहादुर रावल, ४२ वर्षीय पदम भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-३ बस्ने २६ वर्षीय केशव कुँवर रहेका छन् ।
जुवा खेलिरहेको अवस्थामा भाग्न खोज्दा बैतडीको पाटन नगरपालिका-४ बस्ने ३९ वर्षीय सुरेन्द्र ऐरी र धनगढी उप९महानगरपालिका-२ बस्ने ३४ वर्षीय सागर सिंह भाग्ने क्रममा घाइते भएका छन् । उनीहरूको माया मेट्रो अस्पताला धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10