
धनगढी आइरहेको हायस ठुलो दुर्घटना हुन बाट जोगिएको छ । डोटीको सिलगढीदेखि धनगढीतर्फ आइरहेको बा ३ ख ९००६ नम्बरको हायसको बीच सडकमै अचानक टायर फुत्किएको हो।

कैलालीको खानिडाडा भन्दा ३ किमी अगाडिको सडकमा चल्दाचल्दै पछाडिको टायर फुत्किएको प्रहरीले जनाएको छ । तर, उक्त गाडीमा सवार यात्रुहरु भने सकुशल छन्।
