
कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि करिब साढे ७९ करोडको बजेट ल्याएको छ । बुधबार आठौं नगर सभामा नगर उपप्रमुख अंचला चौधरीले ७९ करोड ४० लाख ६३ हजारको बजेट प्रस्तुत गरेकी छन ।

उनले प्रस्तुत गरेको बजेट अनुसार २०७७र०७८ को बजेटमा आयतर्फ आन्तरीक आय ५ करोड ८८ लाख ९७ हजार, बित्तिय समानिकरण १६ करोड ५४ लाख ७१ हजार, राजस्व वाँडफाँडबाट १३ करोड ४१ लाख ६५ हजार ६ सय र सशर्त अनुदान २१ करोड ६२ लाख रहेको उल्लेख छ ।
त्यसैगरी संघीय समपुरक अनुदान ३ करोड ४ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान १ करोड ४० लाख ३० हजार, प्रदेश सरकार विशेष अनुदान ४९ लाख र सामाजिक सुरक्षा कार्यक्रम १७ करोड रहेको नगर उपप्रमुख चौधरीले जानकारी दिइन ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26