
शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरीको खोजी जारी छ। बैतडीको दशरथचन्द नगरपालिका-८ का १५ वर्षीया कविता टमटा र १४ वर्षीया संगीता टमटा नुहाउने क्रममा बपत्ता भएका थिए।

दुवै किशोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए।
नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले नियमित खोजी गरिरहेको जोशीले बताए। यसबारे नेपाल र भारतबीच रहेका सीमा प्रहरी चौकीलाई समेत जानकारी गराइएको बताइएको छ। तर, फेला पार्न सकिएको छैन।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00