
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका बैतडीका आधा भन्दा बढी उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन्।

मत परिणम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ। तर जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार आधाभन्दा बढी उम्मेदवारले अझै खर्च विवरण नबुझाएका हुन्।
बैतडीमा गएको स्थानीय तहको निर्वाचनमा १ हजार ४७६ जना उम्मेदवार बनेकोमा २ सय ८४ जनाको धरौटी जफत भएको थियो। १ हजार १९२ जना उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेमा ५२८ जनाले मात्रै खर्च विवरण बुझाएको फुँयालले बताए।

निर्वाचन खर्च नबुझाएका उम्मेदवारलाई कस्तो कारबाही हुने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्ने उनले बताए।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56