
स्थानीय तह निर्वाचन सम्पन्न भएको ३ महिनासम्म पनि डडेल्धुराका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।

जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लामा एक हजार ३५ जनाले उम्मेदवारी दिएका थिए। तर उनीहरुमध्ये २ सय १९ जनाले मात्रै चुनावी खर्च बुझाएको र बाँकी ८ सय १६ जनाले खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र उम्मेदवारले खर्चको बिल भर्पाइ पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर जिल्लामा उम्मेदवार बनेकाहरु खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन्।

निर्वाचन आयोग ऐनमा उम्मेदवारले खर्च विवरण नबुझाएमा ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ। ६ महिनासम्म जरिवाना नतिरेमा ६ वर्षसम्म उम्मेदवार हुनै नपाउने कानुनी व्यवस्था समेत कानुनमा छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19