खगराज भट्टका बिकल्पः केन्द्र लड्ने की प्रदेश लडेर मुख्यमन्त्री बन्ने
2022/08/19, 12:31
 
ss

सरकारले आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन घोषणा गरेसंगै को कहाँ उमेदवार बन्ने भनेर चर्चा बढेको छ । सुदूरपश्चिम प्रदेशका बिभिन्न दलमा रहेका शिर्ष नेताहरु कहाँबाट चुनाव लड्ने र को संग प्रतिस्प्रधा हुने भनेर निकै चासोका साथ हेरिएको छ ।

सुदूरपश्चिमका चर्चित नेताहरुमध्ये एक हुन खगराज भट्ट । माओवादी केन्द्रका स्थाई समिति सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज समेत रहेका खगराज भट्ट कहाँबाट चुनाव लड्दै छन् भनेर निकै चासोका साथ हेरिएको छ । पटक÷पटक शेर बहादूर देउवासंग चुनाव लडेका भट्ट सधैँ पराजित भए, उनि अहिलेसम्म संसद छिरेका छैनन् ।

उनको निर्वाचन क्षेत्र र प्रधानमन्त्री तथा काग्रेंस सभापति शेर बहादूर देउवाको निर्वाचन क्षेत्रपनि एउटै भएका कारण गठबन्धनबाट देउवाले टिकट पाउने निश्चितझैँ भएको छ । देउवा डडेल्धुराबाट लड्ने र भट्टलाई अरु निर्वाचन क्षेत्रबाट चुनाव दडाउने बिषयपनि चर्चामै छ । भट्ट कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चर्चा छ । र टिकट पाए कञ्चनपुरबाटै चुनाव लड्ने उनको भनाई छ ।

तर काग्रेंसका नेता केन्द्रिय सदस्य एनपी साउँदको निर्वाचन क्षेत्र रहेको कञ्चनपुर क्षेत्र नम्बर २ मापनि भट्टलाई टिकट पाउन सकसनै छ । गठबन्धनले आवश्यक्ताका आधारमा निर्णय गर्ने माओवादी ईन्चार्ज भट्ट बताउँछन् । डडेल्धुरा या कञ्चनपुर जताबाट टिकट पाएपनि चुनाव लड्ने मनसायमा भट्ट छन् । गठबन्धनले टिकट दिए भट्ट डडेल्धुराबाटै प्रदेशसभाको निर्वाचन लड्ने तयारीमा छन् । गठबन्धनले प्रदेशसभाको उमेदवार बनाए बिजयी निश्चित हुने र मुख्यमन्त्रीको प्रमुख दावेदार रहने भट्ट बताउँछन् ।

भट्ट शेर बहादूर देउवासँग तीन पटक ०६४, ०७० र ०७४ मा लगातार पराजित भएका थिए । यसअघि ०६४ मा थोरै मतले पराजित भएका भट्ट त्यसपछिका चुनावमा भने फराकिलो मतान्तरले पराजित भए । ०७४ को चुनावमा देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत ल्याएका थिए ।