गठबन्धनलाई भोट नदिएको भन्दै डोटीको बोगटान फुड्सिलले हटायो ७ कर्मचारी
2022/08/20, 2:55

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ७ जना कर्मचारीलाई हटाएको छ। विभिन्न शाखा तथा वडा कार्यालयमा कार्यरत ७ कर्मचारीलाई हटाइएको हो।

गाउँपालिकामा कार्यरत ती कर्मचारीले हालै सम्पन्न स्थानीय तहको चुनावमा गठबन्धनलाई मतदान नगरेको भन्दै हटाइएको नेकपा एमालेले आरोप लगाएको छ। गाउँपालिकामा कार्यरत कर्मचारीलाई पूर्वाग्रह राखेर कर्मचारी हटाइएको एमालेको गाउँ कमिटी अध्यक्ष खेम घर्तीमगरले बताए।
एमाले निकट कर्मचारी भन्दै उनीहरुलाई हटाइएको बताइएको छ। पालिकामा अध्यक्षको मनोमानी बढेको स्थानीयले पनि बताएका छन्।
तर, यता गाउँपालिकाले भने कार्यपालिका बैठकबाट कर्मचारीको म्याद नथप्ने निर्णय गरेको जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 10:57
2021/02/07, 4:59
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49