देउवाका पहिलो प्रतिस्पर्धी कलौनीः जसले डडेल्धुरा छाडे तर चुनाव जित्न सकेनन्
2022/08/20, 6:01
 
dd

शेरबहादुर देउवा सातौंपटक चुनाव जित्ने तयारीमा छन्। गएको निर्वाचनमा एमाले र माओवादीको गठबन्धन समेत तोडेका उनलाई यसपल्ट सत्ता गठबन्धनका अन्य दलको पनि साथ छ। देउवासँगै असन्तुष्ट भएर अर्को पार्टीमा पुगेका वीपी कांग्रेसका उपाध्यक्ष कर्ण मल्लबाहेक अर्को बलियो चुनौती देखिदैन।

संसद्‌मा र पार्टीमा लगातार जिततर्फ उन्मुख देउवा प्रधानमन्त्री नै छेटौंपटक हुने तयारी गर्दैछन्। चुनावको संघारमा धेरैलाई जिज्ञासा हुन सक्छ– देउवालाई २०४८ सालको निर्वाचनमा चुनौती दिने नेता को हुन्, कहाँ छन्। 

देउवासँग डडेलधुराबाट २०४८ सालमा प्रतिष्पर्धा गर्ने गोविन्दप्रसाद कलौनी अपरिचित नाम होइन। उनी केही समयअघि छोटो समयका लागि कर्णाली प्रदेश प्रमुख समेत बनेका थिए। नेकपा एमालेमा रहेर राजनीति गरेका उनले देउवासँग डडेलधुरामा एकपटक मात्रै प्रतिष्पर्धा गरे। उक्त निर्वाचनमा देउवाले २४ हजार ५ सय ७० मत ल्याए। एमालेको उम्मेदवारका रुपमा देउवासँग प्रतिष्पर्धा गरेका कलौनीले ६ हजार ६ सय २८ मत मात्रै प्राप्त गरे। दुईबीचको मतान्तर १७ हजार ९ सय ४२ थियो। 

वि।स। २०१२ जेष्ठ २९ गते कलौनी वैतडीको दोगडा केदार गाउँपालिका–१ मा जन्मिएका हुन्। उनी डडेलधुरा शिक्षण पेशाका क्रममा पुगेका हुन्। देउवासँग पराजयपछि कलौनीले राजनीतिका लागि जन्मेको जिल्ला बैतडी रोजे।

3

राजनीतिमा भने उनी विद्यार्थीकालदेखि नै सक्रिय थिए। उनी २०३५ सालदेखि २०३७ सालसम्म अनेरास्ववियु ९एकताको पाचौँ०को सदस्य थिए। २०३६ साल देखि २०४७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको डडेलधुरा जिल्ला सदस्य भए। पाचौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य भए। २०३९ सालदेखि २०४१ सम्म डडेलधुरामा ‘माक्र्सवादी अध्ययन दल’को प्रमुख भएका थिए।

०४७ सालमा नेता मदन भण्डारी सुदूरपश्चिम भ्रमणमा पुगेका बेला भण्डारीकै आग्रहमा उनी मूलधारको राजनीतिमा सक्रिय भएका हुन्। उनी त्योबेला माध्यमिक विद्यालयको प्रधानाध्यापक थिए। राजीनामा दिएर पूर्णकालीन पार्टी सदस्य हुनुका साथै अर्को वर्ष भएको आम निर्वाचनमा उम्मेदवार नै बने। 

२०४९ सालमा डडेलधुरा जिल्लाबाट नेकपा एमालको पाँचौ राष्ट्रिय महाअधिवेशन प्रतिनिधि बनेका उनी २०५० सालमा प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवमा निर्वाचित भए। २०५२ सालमा बैतडी जिल्ला कमिटीमा सरुवा भई २०५२ सालमा एमाले बैतडी जिल्ला कमिटी सचिव बने। २०५४ सालमा बैतडी जिल्लाबाट नेकपा एमालेको छैटौं राष्ट्रिय महाअधिवेशन प्रतिनिधि बने।

२०५४ सालमा नेकपा ९माले० केन्द्रीय कमिटी सदस्यका साथै महाकाली इन्चार्ज भए र २०५९ सालमा नेकपा एमालेको केन्द्रीय लेखा परीक्षण कमिटी सदस्य भए। कलौनीले बैतडीमा सक्रिय राजदनीति गर्दा २०५६ सालमा राष्ट्रिय सभाका लागि चुनाव लडे। एमालेबाट फुटेर बनेको नेकपा ९माले०बाट चुनाव लडेका हुन्। कांग्रेससँग मिलेर चुनाव लडे पनि निर्वाचित हुन सकेनन्। 

बैतडीबाट उनी फेरि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाँणेमा बसाइँ सरे। त्यहीँबाट राजनीतिमा सक्रिय भए। २०६४ को निर्वाचनमा उनलाई कञ्चनपुर(२ बाट एमालेले संविधान सभा सदस्य बनायो। तर त्यो निर्वाचनमा पनि उनी पराजित भए।  प्राध्यापनबाट राजनीतिमा सक्रिय भएका कलौनीको संसद्‌मा पुग्ने चाहना पूरा नभएपछि फेरि शिक्षा क्षेत्रमै फर्किए। अहिले उनी कञ्चनपुरमा निजी कलेज सञ्चालक बनेका छन्।