
बैतडी- बैतडीमा एकै परिवारका ४ दिदीबहिनी सुरक्षा निकायमा कार्यरत रहेको पाइएको छ। जिल्लाको मेलौली नगरपालिका–७ गाउँकोटका ८ दिदी बहिनीमध्ये ३ बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन्।

मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द सेनामा तथा सरिता चन्द नेपाल प्रहरीमा सेवारत छन्। यस्तै दुई बहिनीमध्ये मनिषाले नेपाल प्रहरी र अमृताले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन्।
बाँकी जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक छन्। उनीहरु भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दका छोरी हुन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56