बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते
2022/08/23, 2:40
 
बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

बैतडी - बैतडीमा विद्यालय गइरहेका बालकमाथि चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणबाट बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका १३ वर्षीय पारस धनाडी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले धनाडीमाथि बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको बताए।

उनको टाउको, गर्धन र कम्मरमा चोट लागेकोमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा लगिएको छ। धनाडी मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत छात्र हुन् । बैतडीमा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ भने ११ जना भन्दा बढी घाइते भएका छन्। यस्तै २०७४ साल यता बैतडीमा १२ चितुवा मारिएका छन्।