
बैतडी- बैतडीमा अनुगमन टोली पुग्दा व्यापारी भागेका बताइएको छ। शुक्रबार जिल्लाको सुर्नया गाउँपालिका भित्रका बजार व्यवसायी अनुगमन टोली देखेर भागेका बताइएको हो।

सुर्नयाका विभिन्न स्थानमा संयुक्त बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमन गरेको थियो। अनुगमन टोलीका अनुसार सनशेरीमाण्डौंमा टोली पुगेको थाहा पाउने बित्तिकै कठेगौंडा लगायतमा पसलेहरुले बजार बन्द गरेर भागेका हुन्।
टोली आउने खबर पाएपछि पसल बन्द गरेकाले ७ जनालाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको जिल्ला प्रशासन कर्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। साथै उपभोक्ताको हित विपरीत खाद्य सामग्री विक्रि वितरण गर्नेलाई कानुन अनुसार कारबाही गरिने उनले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56