
धनगढी- कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको कैलारी गाउँपालिका–९ सितलपुरमा एक महिला मृत फेला परेकी हुन्। सोही ठाउँकी ४३ वर्षीया मनिसरादेवी पल्ली मगर मृत फेला परेको प्रहरीले बताएको छ। उनी आफ्नै घर नजिक खेतमा बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।

यस्तै कैलालीको कर्णाली किनारमा एक युवकको शव फेला परेको छ। मोहन्याल गाउँपालिका–६ तिउली खोलास्थित कर्णाली नदीको किनारामा मंगलबार ती युवकको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त शव सुर्खेत चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय टेकबहादुर नेपालीको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11