बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट भण्डारी सर्वसम्मत सिफारिस
2022/09/02, 11:36
 
ss

बैतडी- मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले बैतडीले दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको छ। बिहीबार साँझ बसेको जिल्ला कमिटीको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको उनका स्वकीय सचिव सन्तोष राना क्षेत्रीले बताए।

प्रतिनिधि सभा सदस्यका लागि एकजनाको नाम मात्रै सिफारिस भएकाले एमालेबाट भण्डारी उम्मेदवार हुने निश्चित भएको छ। एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि सांसद रहेका छन्। गएको चुनावमा उनले बाम गठबन्धनबाट निर्वाचन जितेका थिए। 

यस्तै बिहीबार नै बसेको क्षेत्रीय कमिटी बैठकले बैतडीको प्रदेश सभा क मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पाललाई सिफारिस गर्ने र प्रदेश सभा खमा पार्टीका जिल्ला सह–इन्चार्ज एवं केन्द्रीय सदस्य लिलाधर भट्टको नाम सिफारिस गर्ने निर्णय गरेको छ।