
नेकपा (एकिकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा उम्मेदवार सिफारिस गरेकोछ । जिल्ला बाट उम्मेदवार सिफारिस गर्न पार्टी निर्देशनअनुसार जिल्ला कमिटीको बैठकले सिफारिस गरिएको उपाध्यक्ष कृष्ण साउदले बताए ।

एकमात्र सिट संख्या रहेको बैतडीवाट प्रतिनिधि सभामा को लागि परमानन्द भट्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । जिल्ला कमिटी बैठकले भट्ट सहित माया भट्ट र लालसिह कार्कीको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नाम सिफारिस गरेको हो।
ठबन्धनमा टुङ्गो नलागेको अवस्थामा प्रदेश सदस्यका लागि बैतडी निर्वाचन क्षेत्र (क) मा परमानन्द भट्ट ,नरेन्द्र विष्ट र भृकुटी चन्द सिफारिस भएका छन् । (ख) मा महादेव भट्ट,राजुराम भुल र पार्वती भट्ट को नाम सिफारिस गरिएको बैतडी जिल्ला कमिटी उपाध्यक्ष साउदले बताए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53