
धनगढी- धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने २४ वर्षीय विशाल थापालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

बझाङको छविस पाथिभरा गाउँपालिका- ४ घर भएका उनी धनगढीमा डेरा गरी बस्दै आएका छन्। उनको साथमा मंगलबार राति ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35