कञ्चनपुरमा भेटिएका ३ शवको पहिचान भएन, डीएनए संकलन गर्न डाक्टर घटनास्थल जादै
2022/09/19, 11:00

धनगढी- कञ्चनपुरमा सडेको अवस्थामा भेटिएका तीन जनाको शवको पहिचान हुन सकेको छैन । लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै अर्का एक जना गरेर तीन जनाको शव भेटिएपनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले शव कंकाल भइसकेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए । ‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्,’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भएपनि पहिचान गर्न सकिएको छैन ।’
आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि बेलौरीबाट डाक्टरलाई बोलाइएको छ । अहिले चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06