कैलालीका सत्तारुढ भातृ तथा युवा सङ्गठनद्वारा राष्ट्रपतिको कदम विरुद्ध ज्ञापन
2022/09/23, 5:11
 
कैलालीका सत्तारुढ भातृ तथा युवा सङ्गठनद्वारा राष्ट्रपतिको कदम विरुद्ध ज्ञापन

धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा राष्ट्रपतिको कदको विरोध जनाएका छन् । दुवै सदनबाट पारित भएको नागरिकता विधेयकमा राष्ट्रपतिले प्रमाणीकरणका लागि देखाएको लापरबाही प्रति उनीहरूले संयुक्त ज्ञापन पत्र मार्फत विरोध जनाएका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण कुमार थापा मार्फत राष्ट्रपति कार्यालयलाई उक्त विधेयक प्रमाणीकरणका लागि ज्ञापन पत्र बुझाएका छन् । 

No description available.

अध्यक्ष बम र योङ कम्युनिस्ट लिग नेपाल कैलालीका संयोजक भेष राज जैसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो कदमको विरुद्ध सचेत रहन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनैतिक दल, भातृ तथा युवा सङ्गठन नागरिक समाज, बौद्धिक समुदाय, श्रमजीवी वर्ग, सञ्चार जगत्, लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हामी संयुक्त भातृ तथा युवा सङ्गठन को तर्फबाट हार्दिक आह्वान गर्दछौँ । नागरिकता विहीन नेपाली नागरिकहरूलाई नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार बाट वञ्चित हुने गरी राष्ट्रपतिबाट राष्ट्रको गम्भीर जनताको संवैधानिक अधिकार सँग जोडिएको विषयमा खेलबाड गर्ने र सीमित राजनीतिक पार्टीको कार्यकर्ता जस्तो भई पदको मर्यादा भन्दा बाहिर गई गरिएको संविधान विरोधी कदम सच्याउनका लागि जोडदार माग गर्दछौ ।’ 

No description available.

राष्ट्रपतिको यो कदम बाट नागरिकता विहीन नेपाली नागरिकहरूलाई नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार वञ्चित गरेको बमले बताउनु भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को पूर्ण पालना र संरक्षणका लागि ज्ञापन पत्र मार्फत आग्रह गरिएको उहाँको भनाई छ । 

No description available.

No description available.

No description available.

No description available.