भौतिक मन्त्री सोडारी पत्नी विरुद्ध नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै मुद्दा दायर
2022/09/23, 6:37
 
ss

धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका प्रबक्ता प्रवक्ता श्याम प्रसाद भण्डारीले शुक्रबार मन्त्री सोडारीकी श्रीमती गिता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए।

आयोगपत्र दायर गरिएको प्रेस विज्ञप्तीमा कैलालीको धनगढी उप- महानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय हाल  मावि   देवरियामा  अध्यापनरत शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ।

सोडारी धनगढी उपमहानगरपालिकाको वडा नं ९ स्थित शिव माध्यमिक विद्यालय देवरिया कैलालीमा अध्यापन गर्दै आएकी छन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो।

सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको पनि अख्तियारले जनाएको छ ।

९२०५९ को दफा १६ को उपदफा १ मा परिभाषित झुटा प्रमाणपत्र पेस गरी भ्रषटाचार कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ, अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ ।