सरकारको मौद्रिक नितिले देश जोगिएको छः अर्थमन्त्री शर्मा
2022/09/23, 7:08
 
ss

धनगढी - अर्थ मन्त्री जनार्दन शर्माले केहि राजनैतिक दलका नेताहरुले देशको अवस्था श्रीलंका हुदै छ भनेर ब्यापक भ्रम प्रैदा गर्ने खोजेपनि अवस्था त्यस्तो नभएको बताएका छन् । मन्त्री शर्माले देशको आर्थिक अवस्था सुधारउन्मुख हुदै गएको दावी गरेका छन् ।

विमा समितीको सुदूरपश्चिम प्रदेश कार्यालय को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशका आर्थिक अवस्था केहि विग्रेको भएपनि सरकारले ल्याएको स्पष्ट मौद्रिक नितीका कारण अर्थतन्त्र सुधार हुदै बताएका छन् । उनले सरकारले मात्रै गर्दा अर्थतन्त्र सुधार नहुने हुदाँ यसमा सवैको साथ र सहयोग आवश्यक रहेको बताए ।

मन्त्री शर्माले उत्पादन वृद्धि गदै नियात बढाउँने र आयत घटाउने कुरामा ३ वटै तहका सरकार र सम्बद्ध संस्थाहरुले छिटो काम गरे राष्ट्रवाद र ढिलो काम गरे राष्ट्रघात हुने बताए । उनले नेपाल श्रीलंका हुने देश नरहेको जानकारी दिए ।

नेपाल प्राकृतिक स्रोत साधनले भरिपुर्ण भएका कारण कमजोर अवस्था नरहेको मन्त्री शर्माले जानकारी जानकारी दिए । उनले साधन र स्रोतको सहि सदुपयोग गरेका खण्डमा गरिबी अन्त्य हुने विश्वास ब्यक्त गरे । गरिबी अन्तेका लागी स्थानीय सरकारले महत्वपुर्ण काम गनुपर्ने मा जोड दिए ।