
डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । ३१ भदौ र १ असोजको अविरल वर्षपछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति भएको थियो ।

तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए । सुदूरपश्चिमकै कान्छा मेयर जोशी आफैं ढुङ्गा बोक्न सक्रिय छन् । उनले जनताको दुःख कम गर्न आफै सक्रिय रहेको बताए ।
मेयर जोशीसहितका स्थानीय श्रमदानमा सक्रिय छन् । पछिल्लो तीन दिनयता जनतासँगै श्रमदानमा रहेको मेयर जोशीले बताए । तत्कालका लागि समाधान खोज्ने र दिर्घकालीन योजना बनाएर कटान नियन्त्रणका कदम चालिने मेयर जोशीले बताए । परशुराममा हरेक वर्ष बाढीले ठूलो क्षति गर्दै आएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11