
बैतडी - आत्महत्याका घटना न्युनिकरण गर्नका लागि बैतडीका सामुदायिक विद्यालयहरुमा सचेतना फैलाउन थालिएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट प्रहरीको टोली परिचालन गरेर सामुदायिक विद्यालयमा सचेतना अभियान थालिएको हो ।

पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले त्यसको रोकथामका लागि अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।
बैतडीमा गएको आर्थिक बर्षमा ३६ जनाले आत्महत्या गरेको तथ्यांक छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गएको साउन र भदौमा मात्रै १८ ओटा विद्यालय सहित ६८ ठाउँमा कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 8:54
2020/10/18, 8:13
2021/05/15, 11:09
2021/12/13, 10:22
2022/12/20, 12:48