आरजुले छोडेको कैलाली–५ मा पन्त, प्रदेशमा देउवा
2022/09/25, 10:10
 
ss

प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणाले छोडेको कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले डिल्लीराज पन्तलाई उम्मेदवार बनाउने भएको छ । अघिल्लोपटक यो क्षेत्रबाट प्रतिनिधिसभामा आरजु पराजित हुँदा प्रदेशसभामा भने पन्त विजयी भएका थिए ।

यस पटक आरजुले समानुपातिक रोजेपछि पन्तलाई अघि सार्ने निर्णय भएको हो । कांग्रेसका एक नेताले  कैलाली–५बाट पन्त उम्मेदवार बन्ने पक्कापक्की भइसकेको बताए । प्रतिनिधिसभाका लागि कैलाली–५बाट डिल्लीराज पन्त उम्मेदवार बन्ने निश्चित भइसकेको छु . उनले भने, बालुवाटारमा यो सहमति हुँदा म पनि त्यहीँ थिएँ । 

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा आरजु वाम गठबन्धनका उम्मेदवार एमाले नेता नारदमुनि रानासँग पराजित भएकी थिइन् । यही निर्वाचन क्षेत्रको प्रदेशसभा ख मा भने पन्तले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता रमेश धामीलाई पराजित गरेका थिए । उनै पन्तलाई यस पटक प्रतिनिधिसभामा अगाडि सार्ने निर्णय गरेको कांग्रेसले प्रदेशसभा ख भने युवा नेता प्रकाश देउवालाई अघि सार्ने निर्णय गरेको पनि स्रोतले बतायो ।

प्रतिनिधिसभामा डिल्ली पन्त निश्चित हो । प्रदेशसभामा प्रकाश देउवा उम्मेदवार बन्ने लगभग टुंगो लागेको छ, स्रोतले भन्यो । कांग्रेसले प्रदेशसभा क मा भने माओवादी केन्द्रलाई छोड्ने जनाइएको छ । कैलाली–५ मा एमालेबाट भने अघिल्लो पटक विजयी भएका रानालाई नै उम्मेदवार बनाउने एमालेको तयारी छ ।