सुदूरपश्चिम राजधानी कपः कर्णाली प्रदेश सिंधै फाईनलमा, बागमती र प्रदेश नम्बर १ अनुपस्थित 
2022/09/26, 1:24
 
ss

कैलाली-  कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल स्थगित भएको छ । प्रतियोगितामा बागमति र प्रदेश नम्बर १ ले सहभागीता जनाउन नसक्ने भएपछि खेल स्थगित भएको हो । 

आज दुबै प्रदेश बीच खेल हुने खेल तालिका रहेको थियो । समुह ए मा रहेका दुबै टोली अनुपस्थित भएपछि कर्णाली प्रदेश सिंधै फाईनल पुगेको छ । कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सडनडेथमा ५–४ ले हराएको थियो । प्रतियोगिता अन्तर्गत भोली मंगलबार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच खेल हुनेछ । 

पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।