
धनगढी उपमहानगरपालिकामा राहत वितरण स्थगित भएको छ । उपमहानगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै धनगढीका १९ वटै वडामा राहत वितरण कार्य रोकिएको बताएको छ ।

धनगढी उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल वडा नम्बर ४ र वडा नम्बर २ मा कुहिएको फेला परेपछि स्थानीयले राहतमा पाएको केही कट्टा चामल फिर्ता गरेका थिए ।
उप–महानगरपालिकाले विज्ञप्ती जारी गर्दै घटनाको छानविन भईरहेको र छानविन समितिको निष्कर्ष नआउन्जेल कार्य स्थगित गरिएको जनाएको छ ।
