बझाङमा भेट्रान भानुभक्तलाई अनटेस्ट ऐनको चुनौती
2022/10/12, 5:10
 
Bajhang

धनगढी : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधीसभा निर्वाचन बझाङमापनि रोचक बन्ने देखिएको छ । बझाङमा प्रतिनिधीसभाका लागी पाको र युवा नेताबिच भिडन्त हुँदैछ । पाँच दलिय सत्ता गठबन्धनबाट भानुभक्त जोशी र एमालेबाट अनेरास्वबियुका पुर्व अध्यक्ष समेत रहेका ऐन महर प्रतिनिधीसभाका लागी भिड्दै छन् ।

२०४८ सालदेखी चुनाव लड्दै आएका जोशी २०५१ सालमा अर्जुन जंग सिहंलाई पराजित गर्दै उनले संसदको यात्रा तय गरे । २०५६ मा जोशी चुनाव लडेनन्, उनको क्षेत्रमा अर्जुन थापा चुनाव लडे र उनि पराजित भए । जोशी २०६४ सालको पहिलो संबिधानसभा निर्वाचनमा बझाङ १ बाट बिजयी भए । त्यसपछि माधव नेपाल नेतृत्वको ६ महिने सरकारमा उनले बन मन्त्रीको जिम्मेवारी पनि पाए ।

२०७० र २०७४ मा पनि भानुभक्त जोशी चुनाव लडेनन् । २०७४ मा एमालेबाट भैरव बहादूर सिहं चुनाव लडे । २०६४ पछिका दुई चुनाव नलडेका जोशी यस पटक फेरी संसद छिर्ने दाउमा छन् । झन काग्रेंस र माओवादीको समर्थन भएपछि उनि संसद छिर्नेमा ढुक्क छन् ।

एमाले बझाङका संस्थापक समेत रहेका जोशीसंग नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका ऐन महरले चुनौती दिएका छन् । २०५५ सालबाट बिद्यार्थी राजनिति शुरु गरेका महर यस पटक संसद छिर्ने दाउमा छन् । उनि उनकै राजनितिक अबिभावक जोशीसंग प्रतिस्प्रधामा पुगेका छन् ।
भानुभक्त जोशी एमालेमा रहँदा बझाङको एमाले राजनिति उनकै वरीपरी हुन्थ्यो । १० बुँदे समुहसंगै केही समय एमालेमै बसेका जोशी १० बुँदे कार्यान्वयन नभएको भन्दै माधव नेपाल नेतृत्वको समाजवादी तिर लागेका थिए ।

यस पटकको प्रतिनिधीसभा निर्वाचनमा जोशी बझाङबाट नेपाली काग्रेंस, माओवादी सहितको गठबन्धनबाट चुनाव लड्दैछन् । यस पटक आफ्नै छत्रछायामा हुर्किएका ऐन महरसंग जोशीले प्रतिस्प्रधा गर्नुपरेको छ । एमालेमा रहँदा हाम्रो अबिभावक हुनुहुन्थ्यो, मेरो बुवाको उमेरको हुनुहुन्छ प्रतिनिधीसभा उमेदवार ऐन महरले भने “त्यो बेला बाटो बिराउनुभयो अब आफै चुनावी मैदानमा हुनुहुन्छ, बझाङले पुरानै अनुहार होइन नयाँ खोजेको छ यहाँ युवा लहर लागेको छ, यस कारण मेरो जित निश्चित छ ।”

एकिकृत समाजवादी पार्टी बझाङमा कमजोर भएपनि काग्रेंस र माओवादीको साथपछि भानुभक्त जोशीको जित शुनिश्चित भएको समाजवादीका नेताहरु दावी गर्छन । भानुभक्तको ब्यक्तित्व र इमान्दारिताले उनि फेरी जित्ने उनि टिकटका नेताहरुको दावी छ ।