डडेल्धुरा ख मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको चुनाव चिन्ह ‘लाल्टिन’
2022/10/13, 12:04
 
डडेल्धुरा ख मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको चुनाव चिन्ह ‘लाल्टिन’

डडेल्धुरा - डडेल्धुराको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीले चुनाव चिह्न ‘लाल्टिन’ पाएका छन् । सत्ता गठबन्धनबाट टिकट नपाएपछि डा. जोशीले प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका जोशीले २०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेका थिए । त्यतिबेला उनी झिनो मतले पराजित भएका थिए । जोशी बैद्धिक नेताका रूपमा परिचित छन् ।