तरुण दल कैलाली क्षेत्र नम्बर ५को ख संयोजकमा कुँवर
2022/10/16, 7:14
 
Dd

नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ को संयोजक र उपसंयोजक मनोनित गरेको छ ।                                                       
नेपाली काँग्रेस पार्टी कार्य समितिले प्रदेश ‘ख’ को संयोजकमा नरेश जंग कुँवर र सहसंयोजकमा शैलेन्द्र कुँवरलाई मनोनित गरेको हो ।                                                                       
पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरि नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वड र पार्टी सभापति नारायण   दत्त भट्टले उनीहरुलाई पत्र हष्तान्तरण गर्दै जिम्मेवारी दिए ।     
नेपाली काँग्रेसका केन्द्रिय सदस्य वडले पार्टीलाई बलियो, पार्टीको विचार, धारणा, एजेण्डाहरु आम युवा तथा मतदातामाझ पुर्याउन युवाहरुको महत्व भुमिका रहेको बताए ।      उनले तरुण दलमा मनोनित भएका संयोजक तथा उप–संयोजकलाई आगामी निर्वाचनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न पनि आग्रह गरे ।