कैलाली ५ क मा टेस्टेड चौधरी की अनटेस्टेड धामी, को पर्लान जनताको रोजाइमा
2022/10/18, 3:30
 
कैलाली ५ क मा टेस्टेड चौधरी की अनटेस्टेड धामी, को पर्लान जनताको रोजाइमा

धनगढी- आसन्न मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी उमेदवारहरु मत माग्नमा ब्यस्त छन् । कैलाली क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढेको छ। यतिबेला दलहरु आ आफ्ना कार्यक्रता तथा जनताकहाँ मत माग्न पुगिरहेका छन्।
कैलाली क्षेत्र नम्बर ५ क मापनि प्रतिस्प्रधा निकै रोचक हुने देखिएको छ। क प्रदेशसभामा बाम लोकतान्त्रीक गठबन्धनबाट माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश धामी र नेकपा एमालेबाट निबर्तमान प्रदेशसभा सदस्य नेपालु चौधरी बिच मुख्य प्रतिस्प्रधा हुने देखिएको छ।  बाम लोकतान्त्रीक गठबन्धनबाट साझा उमेदवार बनेका धामी २०७४ सालको निर्वाचनमा कैलाली ५ ख प्रदेशसभामा काग्रेंसका डिल्लीराज पन्तसंग पराजित भएका थिए ।
त्यसपछि आफ्नो राजनितिलाई झन शसक्त बनाउँदै आएका धामी यस पटक कैलाली ५ क प्रदेशसभाका लागी बाम लोकतान्त्रीक गठबन्धनका साझा उमेदवार बनेका छन् । लामो समय जनयुद्धमा होमिएका धामी यस पटक चुनाव जित्ने उनका समर्थकहरु बताउँछन् ।
कैलाली क्षेत्र नम्बर ५ क का मतदाताले नयाँ मान्छे खोजेको माओवादी केन्द्र धनगढी उप महानगर समिति सचिव रमेश भट्टराईले बताए । नेपालु टेस्टेड हुन उहाँको बिकास र काम जनताले हेरिसक्नुभएको छ उनले भने “नेपालु चौधरीले हालेका योजनामापनि २० प्रतिशत कमिसन मागेको सबै जनताले बुझेका छन्, उनका कामबाट जनता आजित छन् त्यस कारण रमेश धामी चुनाव जित्दै हुनुहुन्छ ।”
रमेश धामी एउटा युवा हुनुहुन्छ उहाँसंग जोस जाँगर छ काम गर्नका लागी उनले थपे “युवा बर्ग र पाका ब्यक्तीको रोजाइमा धामी हुनुहुन्छ, धामी जनताका सेवाको लागी एम्बुलेन्स हो जतिबेला जनतालाई समस्या परेको छ त्यतिबेला पुग्ने, त्यस कारण यहाँ उनको बिकल्प छैन ।” हिजो जनयुद्धमा बर्ग संघषृका लागी लडेका धामीको इतिहाँस जनताले बुझेका छन् उनले भने “झन यहाँ गठबन्धनपनि छ, रमेश धामी कमिशन भ्रस्टाचारको बिरुद्धमा हुनुहुन्छ त्यस कारण जनताले कमिसनखोरलाई होइन कमिशनको बिरोध गर्नेलाई रुचाउँदैछन्, प्रतिगामीलाई होइन जनताले अग्रगामीलाई रोज्दैछन् ।” नेकपा एमालेबाट उमेदवार बनेका नेपालु चौधरी निबर्तमान प्रदेशसभा सदस्य हुन् । २०७४ सालको निर्वाचनमा नेपाली काग्रेंसकी जिवन रानालाई पराजित गरेका चौधरी यस पटकपनि प्रदेशसभा सदस्यका लागी दोहोरिन खोजिरहेका हुन् । चोधरीले भने आफ्नो कार्यकालमा थुप्रो बिकासका काम गरेकाले बिजयी सुनिश्चित रहेको दावी गरेका छन् ।