
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीले शुक्रबार सरसफाई कार्यक्रमको आयोजना गरेको छ । संघले धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश क्षेत्रीय रंगशाला भित्रको सरसफाई गरेको हो ।


लामो समय सम्म उक्त रंगशालामा खुलकुद गतिविध नहुदाँ फोहोर हुदैँ गएको थियो । रंगशाला फोहोर हुन थालेपछि शुक्रबार सरसफाई गरिएको संघका अध्यक्ष प्रकाश चन्दले जानकारी दिए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, खेलाडी र संघका पदाधिकारी लगायतका व्यक्तिहरुको सहभागितामा सरसफाई गरिएको बताए ।

बर्षा लागे सँगै खेलमैदानमा समेत झारपात लगायतका विरुवाहरु उम्रिएर फोहोर देखिन थालेपछि सरसफाई गरिएको अध्यक्ष चन्दको भनाई छ ।
संघले लकडाउनको समयमा दैनिक छाकटार्न समस्यामा परेका खेलाडीहरुको परिवारलाई समेत राहत वितरण गरेका थिए । विभिन्न जिल्ला तथा ठाउँमा पुगेर खेलाडीहरुलाई लकडाउनको अवधिमा खाद्यान्न वितरण गरिएको हो ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26