बझाङमा जिप दुर्घटना, ४ जनाको मृत्यु
2022/10/19, 5:17
 
बझाङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

धनगढीः बझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो। 

दुर्घटनामा अहिलेसम्म चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘घटनास्थलमा पुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘चार जनाको मृत्यु भएको छ। घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’

उनका अनुसार जिप टुक्राटुक्रा भएको छ। त्यसकारण नम्बर प्लेट पनि नभेटिएको बताइएको छ। अहिले पहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन्। यस्तै प्रहरी दुर्घटनास्थलमा पुगेकाले थप विवरण आउन केही समय लाग्ने बताइएको छ।