प्रतिगामीहरूलाई परास्त गर्नुपर्छ : माधव नेपाल
2022/10/23, 4:37
 
प्रतिगामीहरूलाई परास्त गर्नुपर्छ : माधव नेपाल

धनगढी - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमार्फत प्रतिगामीहरूलाई परास्त गर्नुपर्ने बताएका छन् ।

सत्ता गठबन्धनले आज धनगढीमा गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सत्ता गठबन्धन एकजुट भएर चुनावमा होमिन आवश्यक रहेको बताए । 

गणतन्त्रको रक्षा गर्न कांग्रेस र कम्युनिस्ट मिलेको उनले बताए ।  ‘म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ भनेर हुँदैन । हामी सबैले एक भएर अगाडि बढ्नुपर्छ । प्रतिगामीहरूलाई हराउँदै हामी जित्नुपर्छु, नेपालले भने ।

अध्यक्ष नेपालले लोकतन्त्रमाथि अझै खतरा कायम रहेको बताए। भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि धनगढी पुगेका हुन् ।