प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भंग गरेको आरोप लगाएका छन् ।
डडेल्धुरामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद भङ्ग गर्नुभयो,” उनले भने, “त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ ।”
उनले उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजेको बताएका थिए । “राजनीतिमा स्थायी सत्रु र मित्र हुँदैन,” उनले भने ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12