महाधिवेशन तयारीका लागि निर्देशक समितिसँग नेविसंघले छलफल गर्दै
2024/11/24, 12:20
 
11

नेपाल विद्यार्थी संघको महाधिवेशन तयारीका लागि अन्तर्क्रिया गर्न लागिएको छ । पार्टीबाट गठित निर्देशक समितिले केन्द्रीय सदस्यहरुलाई छलफलका लागि डाकिएको छ ।

नेविसंघको महाधिवेशन गराउनका लागि पार्टीले सहमहामन्त्री किशोरसिंह राठोरको नेतृत्वका निर्देशक समिति बनाएको छ । निर्देशक समितिमा केन्द्रीय सदस्य प्रतिमा गौतम र राजीव ढुङ्गाना सदस्य छन् । निर्देशक समिति र संघका केन्द्रीय सदस्यले महाधिवेश तयारीका लागि आज र भोली अन्तर्क्रिया हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अन्तर्क्रिया हुने भएको छ । संघका प्रवक्ता सुरज सेजुवालले १२औं महाधिवेशन केन्द्रीत छलफल हुन लागेको बताए । दुजाङ शेर्पाको नेतृत्वमा संघ हाल तदर्थ समिति समितिमा सञ्चालित छ । यो वर्षको अन्तिमसम्म महाधिवेशन गर्न पार्टीले संघलाई निर्देशन दिएको छ । २०७३ सालमा ११औं महाधिवेशन गरेको संघले त्यसपछि निर्वाचित समिति ल्याउन सकेको छैन ।